Paras Multispeciality Hospital Pvt.Ltd.

PARAS MULTISPECIALITY HOSPITAL Pvt. Ltd.

If you have a son or a daughter through normal delivery, it is free of charge.--------------- If surgery is required, the operation charge is free for having a daughter. Additionally, here is an incentive allowance of Rs 1000/-.

ऋषिदेव वस्तिमा पारस हस्पिटलको स्वास्थ्य शिविर

बिराटनगर । बिराटनगर महानगरपालिका वडा न -१६ को दरैया बस्तिका ऋषिदेव(मुसहर) समुदायको घरमा नै पुगेर पारस हस्पिटल बिराटनगरले आफ्नो सेवा प्रदान गरेको छ । मोरङ ब्यापार संघ महिला उघम समिति र पारस हस्पिटलको सहकार्यमा संचालित स्वास्थ्य शिविरमा दुई सयभन्दा बढि स्थानियहरुले लाभ लिएका छन् ।

स्वास्थ्य शिविरमा पारस हस्पिटलका बरिस्ठ प्रसुति तथा स्त्रीरोग विशेषज्ञ डाक्टर कबिता यादव,फिजिसियन डाक्टर स्नेहा झा,डेन्टिस्ट डाक्टर उपमा राय पारस हस्पिटलका प्रमुख कार्यकारी अधिकृत हेम नारायण मेहता,अस्पताल कोटिनेटर सिफ्तैन रेजा अन्सारी लगायतले आफ्नो सेवा दिएका थिए । महिलाहरुको महिनावारी ,रक्तस्राव ,बांझोपन,छालाको ईन्फेक्सन ,वान्ता आउने ,पिसाब पोल्ने,शरीरमा गाठागुठि आउने,छाति,पेट, हात खुट्टा पोल्ने,दुख्ने बच्चाहरुमा रुघाखोकी ,ज्वरो आउने,आउँ पर्ने, दात तथा गिजा दुख्ने , रगत आउने लगायतको समस्या लिएर स्थानियहरु आएको पारस हस्पिटलका प्रमुख कार्यकारी अधिकृत हेम नारायण मेहताले बताए ।

स्वास्थ्य शिविरमा मोरङ ब्यापार संघ महिला उघम समितिकी संयोजक बन्दना जैन,सचिव साधना झा,संघका वरिष्ठ अधिकृत बिनय कर्ण लाभ, आभा फाउन्डेसनकि अध्यक्ष अभा अनुपमा ,समाजसेवी ममता यादव लगायतको उपस्थिति रहेको हस्पिटलका प्रमुख कार्यकारी अधिकृत हेम नारायण मेहताले बताए ।

पारस हस्पिटलसंगको सहकार्यलाई निरंतरता दिने र समाजमा रहेका गरिब दुखिहरुको सेवाना सदैव तत्पर रहने महिला उधम समितिकी सचिव साधना झाले बताईन।

आफ्नो गाउँटोलमा नै आएर निशुल्क रुपमा स्वास्थ्य सेवा प्रदान गरेकोमा स्थानियहरु हर्षित भएको बताए । यसरि निशुल्क सेवा गर्ने पारस हस्पिटललाई स्थानियहरुले धन्यवाद दिदै आगामी दिनहरुमापनि दरैया वस्तिमा सेवा दिन अनुरोध समेत गरे ।